Logo

सेलपे र महालक्ष्मी लाइफबीच सम्झौता, सेलपेमार्फत प्रिमियम तिर्न सकिने

सेलपे र महालक्ष्मी लाइफबीच सम्झौता, सेलपेमार्फत प्रिमियम तिर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम को सेलपे र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सम्झौता भएको छ । सेलपे प्रालीले बिमा प्रिमियम भुक्तानीको लागि ईन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको हो ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ । सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ । यसका लागि सेलपेमा लगईन गरि बिमा अप्सनमा क्लिक गर्न सकिनेछ । सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशनदुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवाहो ।

प्रतिक्रिया दिनुहोस्
MBL