Logo

३० करोडको आईपीओ निष्काशन गर्दै अजोड ईन्स्योरेन्स, १० देखि १ हजार कित्तासम्म आवेदन दिन पाईने

३० करोडको आईपीओ निष्काशन गर्दै अजोड ईन्स्योरेन्स, १० देखि १ हजार कित्तासम्म आवेदन दिन पाईने



काठमाडौं । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २५ गते प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। २७ लाख ३० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ ।

इन्स्योरेन्सको आईपिओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिने कम्पनील जानकारी दिएको छ । उक्त आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।
चुक्ता पूँजी ७० करोड रहेको उक्त इन्स्योरेन्सको आईपिओ निष्काशनपछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जसको वार्षिक प्रतिशेयर आम्दानी ६।६९ रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५० लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
MBL