Logo

आफ्नै निर्णयबाट २४ घण्टामै पछि हट्यो बीमा समिति, पुनः सुरु भयो कोरोना बीमा

आफ्नै निर्णयबाट २४ घण्टामै पछि हट्यो बीमा समिति, पुनः सुरु भयो कोरोना बीमा



काठमाडौ । कोरोना बीमा केही समयका लागि स्थगीत गर्न निर्देशन दिएको बीमा समितिले पुनः सूचारु गर्न निर्देशन दिएको छ । बिहीबार बीमकहरुको प्रस्तावमा सहमति जनाउँदै स्थगीत गर्न निर्देशन दिएको समितिले शुक्रबार निर्देशन दिएको २४ घण्टा नवित्दै पुनः सुचारु गर्ने निर्देशन दिएको हो ।

laxmi

छोटो समयमै लोकप्रिय भएको कोरोना बिमामा २ महिनामै ३ लाख बढी आवद्ध भएका थिए ।
सोही अनुसार पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढ्दै गएपछि यसमा आवद्धता जनाउनेको संख्या पनि बढ्दै गएको थियो । यसरी कोरोना बीमामा आवद्धता बढ्दै जाने र संक्रमित दिनप्रतिदिन थपिदै जाने भएपछि बीमकहरुको पुँजीभन्दा बढी दायित्व पर्न आएको दावी गरेका थिए ।

सोही अनुसार बीमा समितिले बिहीबार यसलाई तत्कालका लागि स्थगन गर्न निर्देशन समेत दिएको थियो । तर अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना बीमाको दायित्व सरकारले बहन गर्ने र पुनर्बीमा कम्पनीले पनि पुनर्बीमा गर्ने भएपछि पुनः बीमा समितिले कोरोना बीमा सेवा सुचारु गर्न बीमकहरुलाई निर्देशन दिएको हो ।

बीमा समितिले १ हजार रुपैयामा १ लाखको र ५ सय रुपैयाँमा ५० हजारसम्मको कोरोना बीमा गर्न सकिने गरी बीमालेख जारी गर्न बीमकलाई निर्देशन दिएको थियो ।

सरकारले दायित्व बहन गर्ने सहमति भएपछि पुनः सुरु भयो कोरोना बीमा


प्रतिक्रिया दिनुहोस्
MBL