Logo

लकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको सेवा घरबाटै लिन सकिने, नविकरण तथा बीमा दावी दर्ता घरबाटै

लकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको सेवा घरबाटै लिन सकिने, नविकरण तथा बीमा दावी दर्ता घरबाटै



काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले घरैबाट बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।

laxmi

कोभिड १९ (कोरोना भाईरस) ले विश्वव्यापीरुपमा निम्त्याएको अवस्थामा कम्पनीले बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको हो ।

लकडाउनको परिस्थितीमा अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएकाले आफ्नो सेवालाई चुस्त बनाई राख्न बिमालेख तर्फ टोपेन्द्र कटेल ९८५६०६०३७४ तथा बीमा दावीतर्फ रविन्द्र राज श्रेष्ठ ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका कविता उपाध्याय, सन्तोष लामिछाने र दिपक खत्रीलाई सम्पर्क गरि घरबाटै सुविधाहरु प्राप्त गर्न सकिने बताएको छ ।

समवेदनसिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जानकारी दिँदै बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंकमार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL