Logo

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ खुल्यो, यसरी गर्न सकिन्छ आवेदन

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ खुल्यो, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं(जस)–नेपाल पुनर्बीमा कम्पनीको मंगलवारदेखि आईपीओ खुलेको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओका लागि मंगलबारदेखि आवेदन लिएको छ ।

laxmi

सोमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि खुलेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत ७ गतेसम्म र ढिलोमा चैत १८ गतेसम्म रहेको छ । आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । साथै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट र मेरो शेयरबाट पनि आवेदन दिन सकिन्छ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष बलियो रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. १० अर्ब पुग्नेछ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ५६ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL