Logo

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा संचालन, घरदैलोमा बीमा सेवा प्रदान गर्ने उद्देश्य

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा संचालन, घरदैलोमा बीमा सेवा प्रदान गर्ने उद्देश्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गर्ने कार्यक्रम एक उद्घाटन समारोहबीच सम्पन्न भएको छ ।

laxmi

बीमा समितिद्वारा जारी शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धि मार्गदर्शन २०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उदेश्यले उक्त घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जनाएको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्वारा, वर्दियामा आयोजित एक समारोहकाबीच सो घुम्ती बीमा सेवाको शुभारम्भ गरेका थिए । कार्यक्रममा अध्यक्ष चापागाँइले बीमालाई आम जनता माझ सरल रुपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जीवन तथा निर्जिवन बीमा ब्यवसायका विभिन्न आयमका सम्वन्धमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

साथै, एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL