Logo

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न, बिमाको विभिन्न पोर्टफोलियोको प्रशिक्षण

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न, बिमाको विभिन्न पोर्टफोलियोको प्रशिक्षण



काठमाडौं । अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पोखरामा
सम्पन्न भएकोे छ । गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको हो ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पारेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि.का गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए ।

केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गरेकी थिइन साथै सहजिकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरुले पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL