Logo

सिद्धबाबामा सुरुङ बन्ने निश्चित, निर्माणको प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयको सहमति

सिद्धबाबामा सुरुङ बन्ने निश्चित, निर्माणको प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयको सहमति



काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माण हुने निश्चित भएको छ । अर्थमन्त्रालयले स्रोतको सुनिश्चितता गरेसँगै बहुप्रतिक्षित सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको चिडियाखोलादेखि दोभानसम्म सुरुङमार्ग बन्ने पक्का भएको हो ।

मन्त्री स्तरीय निर्णय गर्दै यहि मंसिर १ गते अर्थमन्त्रालयले उक्त सुरुङमार्ग निर्माण प्रक्रिया अगाडी बढाउन सहमति दिएसँगै उक्त सुरुङमार्ग बन्ने पक्का भएको हो ।

गत अर्थिक बर्षको बजेटमा उल्लेख गरिएको उक्त सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्रालयले निर्माणको ठेक्का अघि बढाउन सहमति दिएको हो ।

मन्त्रालयले १० अर्ब १५ करोड लागतमा बन्ने गरी उक्त सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढाउन सहमति दिएको छ । सुरुङमार्ग बनेसँगै सिद्धार्थ राजमार्गमा बर्षेनी पहिरोका कारण हुने दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL