Logo

मुग्लिन नारायणगढ खण्डका केवल बेरियरले दुर्घटनाबाट जोगाउँदै, अन्य सडकमा राख्न पहल

मुग्लिन नारायणगढ खण्डका केवल बेरियरले दुर्घटनाबाट जोगाउँदै, अन्य सडकमा राख्न पहल



काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले २ मालबाहक ट्रक जोगाएको छ । उक्त खण्डको को पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले २ ट्रक जोगाएको हो ।

laxmi

चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५ सय मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिएको थिए । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउनमा पाँच किलोमा ३ सय मिटर र मुग्लिन नजिकै २ सय मिटर केवल बेरियर लगाइएको छ । पाँच किलोमा गत माघमा ३५ टन भार भएको नेपाली ट्रक ठोक्किएर नदीमा खस्नबाट बचेको थियो ।

दुईदिन अघि सोही हाराहारी भार बोकेको भारतीय ट्रक मुग्लिन नजिकै केवलमा ठोक्किएर नदीमा खस्नबाट रोकिएको खनालले बताए । भारवाहन ट्रकको तुलनामा यात्रुबाहक बसको भार कम हुने भएकाले केवल प्रभावकारी देखिएको उनले जानकारी दिए । नेपालका यस्ता सडकमा यो केवलले दुर्घटनाबाट जोगाउन सक्ने देखिएको खनालको भनाइ थियो ।

सुरक्षित देखिएपछि नेपालका अन्य यस्ता सडकमा पनि केवल प्रस्ताव गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा बार कमजोर हुँदा वर्षेनी धेरै सङ्ख्यामा सवारी साधन त्रिशूलीमा खस्ने गरेका छन् । सो सडकको विस्तारका क्रममा परीक्षणका रुपमा केवल जडान गरिएको हो । सो केवलबाट प्रभावित भएर पर्यटन व्यवसायी शेर्पाले करिव १५ लाख रुपैयाँ सहयोग गरेका थिए । एक मिटर अग्लो पोष्टमा पाँच लाइन केवल तन्काएर जडान गरिएको छ । साना सवारीसाधन ठोक्किएको अवस्थामा सो सवारीसाधन भने पछाडि धकेलिने छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL