Logo

सुरु भयो जयनगर–जनकपुर रेलमार्गको मर्मतकार्य, डेढ महिना भित्र संचालनमा

सुरु भयो जयनगर–जनकपुर रेलमार्गको मर्मतकार्य, डेढ महिना भित्र संचालनमा



काठमाडौं । गत असारमा आएको बाढी पहिरोले बगाएको जयनगर–जनकपुर रेलमार्गको मर्मतकार्य सुरु भएको छ ।

laxmi

रेल विभागका अनुसार सो रेल मार्गको बुधबार देखी मर्मतकार्य सुरु भएको हो । हाल मर्मत कार्य सुरु भएको र अबको एक डेड महिना भित्र रेल संचालनमा ल्याईने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उक्त रेलमार्गको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको थियो । कमला नदिको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको हो ।

तत्कालको लागि सो रेलमार्गको मर्मत गरेर भए पनि रेल संचालन गर्ने तयारीमा बिभाग रहेको छ । ‘तर दिर्घकालिन रुपमा भने संचालन गर्न सकिँदैन,’ मिश्रले भने, ‘दिर्घकालिन रुपमा सो मार्गमा रेल संचालन गर्न भने कमला नदिको बाँध बाँध्नु पर्ने हुन्छ जसको लागि हामीले सिंचाई मन्त्रालयसँग कुरा गरिरहेका छौं ।’

उक्त रेलमार्गमा तत्कालका लागि एउटामात्रै रेल गुड्ने भए पनि सो मार्गमा गुड्ने डीईएमयु रेलको रंग भने नेपाली झण्डाको रंगसँग मिल्ने मिश्रले जानकारी दिएका छन ।

यस अघि कात्तिक सम्ममा रेल सेवा संचालन गरिसक्ने बताए पनि विभिन्न कारणले गर्दा रेल संचालनमा ल्याउन नसकिएको विभागले जनाएको छ । उक्त रेलमार्गमा गुड्ने रेल भारतीय कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमा निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL