Logo

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा सुरु हुन्छ : मन्त्री बस्नेत

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा सुरु हुन्छ : मन्त्री बस्नेत



काठमाडौं । भेरी करिडोरअन्तरगत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नति हुने भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार उक्त सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताएका हुन ।

मन्त्री बस्नेतले वातावरणीय प्रभाव मूल्याङ्कनको काम करीब करीब सकिएकाले सडकको स्तरोन्नतिको काम सुरु हुने बताउँदै पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने बताए ।

लुम्बिनी–रारा सडकखण्डअन्तरगत जाजरकोट खण्डको खलंगा पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उनले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने जानकारी दिएका छन ।

मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट सुरु हुने बताए ।
जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथ बताउँदै उनले यसका लागि नागरिक सचेत भएर खबरदारीका लागि आग्रहसमेत गरेका छन ।

जिल्लाका तीन ठाउँमा विद्युत् प्रसारणका लागि सवस्टेशन निर्माण गर्न लागिएको समेत मन्त्री बस्नेतले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL