Logo

नागढुङ्गा नौविसे सुरुङगमार्गको प्रधानमन्त्रीद्वारा शिलान्यास

नागढुङ्गा नौविसे सुरुङगमार्गको प्रधानमन्त्रीद्वारा शिलान्यास



काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्गको शिलान्यास भएको छ । सोमबार दिउँसो ३ बजे उक्त सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन ।
उक्त सुरुङमार्ग निर्माणका लागि केही दिन अघि जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग सरकारले निर्माण सम्झौता गरेको थियो ।

उक्त सम्झौता गरेपश्चात कम्पनीले हाल सुरुङमार्ग निर्माणको काम माटामोटी सुरु गरिसकेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए । उनका अनुसार हाल निर्माण कम्पनीले सुरुङमार्गका मजदुरलाई बस्ने टेन्ट हाल्ने, साईट क्लियर गर्ने लगायतका कामहरु गरिरहेको छ ।

उक्त सुरुङमार्गको गत असोज ६ गते नेपाल सरकार र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ४२ महिनामा निर्माण सम्पन्न हुनेगरी सम्भौता भएको थियो । हालसम्म आयोजनाले सुरुङमार्ग बनाउने स्थानको जग्गा अधिग्रहण, जग्गाको मुआव्जा वितरण लगायतका कामहरु गरिरहेको छ ।

उक्त सम्झौता पश्चात मंसिर या पुसदेखि सुरुङमार्ग निर्माणको कार्य सुरु गरिने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार सकेसम्म मंसिर र पुषको बिचमै नभए नयाँबर्ष अघि नै सुरुङमार्ग निर्माणकार्य अघि बढाईने छ ।

आयोजनामा विवाद उत्पन्न गराउने उद्देष्यले केही समुहले भने जग्गाको मुआव्जालाई विवादको विन्दु बनाएको प्रमुख खरेलको भनाई छ । काठमाडौंतर्फको जग्गा मुआव्जा सबै दिईसकेको भएपनि धादिङतर्फको जग्गा मुआव्जा भने दिन बाँकी छ । केही समुहले गुठीको जग्गामा हदबन्दी लगाउँदा र जग्गाको लालपुर्जा नहुँदा मुआव्जा दिनका लागि समस्या भएको उनको भनाई छ ।

उक्त आयोजना नेपाल सरकार र जापानी सरकारको अनुदानको रकमबाट निर्माण हुने भएको हो । आयोजनाको सुरुङमार्गसम्म बाटो पुयाउन २ ओटा फ्लाईओभर निर्माण समेत गरिनेछ । उक्त सुरुङमार्ग निर्माण भएपश्चात काठमाडौं भित्रिने प्रमुख नाकामा हुने जामको समस्या कम हुने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL