Logo

कात्तिकमा रेल चढ्ने नेपालीको सपना पछि धकेलियो, किन हुँदैछ रेल खरिदमा ढिलाइ ?

कात्तिकमा रेल चढ्ने नेपालीको सपना पछि धकेलियो, किन हुँदैछ रेल खरिदमा ढिलाइ ?



काठमाडौं । जयनगर–जनकपुर रेलमार्गमा संचालन हुने रेल आईपुग्न केही समय लाग्ने भएको छ । यस अघि कात्तिकमा दुई सेट डीईएमयु रेल ल्याउने बताएको रेल विभागले तत्काल ल्याउन नसकिने जानकारी दिएको छ ।

laxmi

विभागका अनुसार हाल रेल्वे ट्रयाक निर्माणको चरणमा नै रहेकाले तत्कालै ल्याउन नसकिने बताएको हो । तर यस अघि विभागका महानिर्देशक बलराम मिश्रले भने कात्तिक महिना भित्रै २ सेट डीईएमयू रेल ल्याउने बताएका थिए ।

बिभागका सिनियर डिभिजन ईन्जिनियर तथा प्रवक्ता अमन चित्रकारका अनुसार सरकारले ल्याउन लागेको उक्त रेल निर्माणकै चरणमा रहेको र हाल सम्म रङरोगनको कार्य समेत बाँकी रहेकाले तत्कालै रेल आउन नसकिने बताए ।

सरकारले ल्याउन लागेको रेल निर्माणकै चरणमा रहे पनि पहिले एक सेटमात्रै रेल ल्याउने विभागको तयारी रहेको छ । पहिलो चरणमा डिसेम्बरमा एक सेट रेल ल्याउने र परीक्षण पछि मात्रै अर्को एक सेट रेल ल्याउने विभागको तयारी रहेको छ ।

यस अघि कहिले सरकार आफैं रेल खरिद गरेर संचालन गर्ने त कहिले भाडामा ल्याएर संचालन गर्ने बताउँदै आएको विभागले अन्नत सरकारले रेल खरिदको लागि बजेट छ्ट्याए पछि आफ्नै रेल संचालन गर्ने बताएको थियो ।

सरकार आफैंले रेल खरिद गरी संचालन गर्ने बताए पनि पटक पटक को खरिद प्रकृया ढिलाई हुँदा समयमै रेल संचालन गर्न नसकेको विभागको भनाई रहेको छ । सरकारले ल्याउन लागेको उक्त रेल जयनगर–जनकपुर ब्रोडगेज रेलमार्गमा संचालन गर्ने भए पनि असार २६ गते आएको बर्षका कारण गएको बाढी पहिरोले भत्काएको रेलमार्ग अझै निर्माण गर्न सकेको छैन ।

तर विभागले भने उक्त भत्केको रेलमार्ग पुनर्निर्माणको लागि धेरै समय नलाग्ने बताउँदै आएका छन । यस अघि पनि दशैं पछि तत्कालै पुनर्निर्माण हुने बताए पनि रेल आउन ढिलाई हुने भए पछि उक्त काम समेत तिहार पछि मात्रै गर्ने भएको छ ।

सरकारले उक्त रेलमार्गमा रेल संचालन गर्न जी टु जी प्रक्रियामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा डीईएमयू रेल खरिद गर्नेछ । यस अघि पनि नेपाल रेलवे कम्पनी मार्फत नै रेल संचालन भए पनि कुनै नीतिनियम नभएकाले अवको दिनमा भने रेलकम्पनीको आफ्नै नीतिनियम बनाएर अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL