Logo

मेलम्ची र सिनो हाइड्रोबीच सम्झौता, एक बर्ष भित्रै काम सम्पन्न

मेलम्ची र सिनो हाइड्रोबीच सम्झौता, एक बर्ष भित्रै काम सम्पन्न



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार सम्झौता गरेको छ । सम्झौता बमोजिम कम्पनीले उक्त काम एक बर्ष भित्र सक्नुपर्ने छ ।

इटालियन कम्पनी सिएमसीले छोडेर गए पछि सरकारले बाँकी काम गर्न टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डरमा नेपाली ठेकेदार र चिनियाँ कम्पनी सिनो हाइड्रोको मात्रै आवेदन परे पछि सरकारले चिनियाँ कम्पनीलाई बाँकी काम सक्नका लागि उक्त कम्पनी छनौट गरिएको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अहिले सो कम्पनीको कर्मचारीहरु साईटमै रहेकाले एक हप्ता भित्रै काम सुरु गर्ने बताए । तर काम सुरु गर्नु पूर्व कम्पनीले आवश्यक निर्माण सामग्री दक्ष जनशक्ति तयार गर्नका लागि एक हप्ताको समय दिएको पन्तले जानकारी दिएका हुन ।

पन्तका अनुसार १२ महिनाभित्रै काम सम्पन्न भएमा सरकारले उक्त कम्पनीलाई बोनस स्वरुप दिनको शुन्य दशमलब ०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यदि कम्पनीले काममा ढिलासुस्ती गरे दैनिक १२ लाख ५० हजार रुपैयाँका दरले सरकारलाई जरिवाना तिर्नुपर्नेछ ।

हाल बाँकी रहेका कामहरु मध्ये सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्ने छ ।

कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का पाएको हो भने हेडवक्सतर्फ २९ प्रतिशत बिलोमा गएर सिनोले ९० करोडमा ठेक्का पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL