Logo

सिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालयको उद्घाटन, लागत १५ करोड

सिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालयको उद्घाटन, लागत १५ करोड



काठमाडौं । भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसद अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेका हुन ।

उद्घाटन गरिएका भवनहरुमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन रहेका छन । नेपाल सरकार र एशियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ छ ।

भदौ २७ गते चौतारामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरका छन ।

उनले भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चकोमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताए । सांसद अग्नि सापकोटाले भूकम्प स्मृति पार्कको पुनर्निर्माण प्रकृया अघि बढेको भन्दै यसलाई नमूनाका रुपमा अघि बढाउन सरकारलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL