Logo

मेलम्ची खानेपानी आयोजना समयमै नआउने निश्चित, पुनः स्थानीयको आन्दोलन सुरु

मेलम्ची खानेपानी आयोजना समयमै नआउने निश्चित, पुनः स्थानीयको आन्दोलन सुरु



काठमाडौं । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भएको छ । पटक पटकको स्थानीयको विरोध तथा सरकारी वेवास्ताका कारण मेलम्ची खानेपानी आयोजना अनिश्चित बन्दै गएको छ ।

इटालियन कम्पनी सिएमसीले उक्त आयोजना छोडेर गए पछि मेलम्चीमा कार्यरत मजदुरहरुले पाउनु पर्ने रकम आयोजनाले दिने बताए पनि अहिले सम्म पाउन नसके पछि सिनो हाइड्रोलाई काम गर्नबाट रोक लगाएको हो । आयोजना प्रमुख सुर्यराज कंडेलले यस अघि सिएमसीले मजदुरहरुलाई करिब ८ करोड रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको बताएको थियो ।

तर उक्त रकम तथा स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) को १६ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ भुक्तानी दिन आनाकानी गरेको भन्दै आयोजनास्थल मजदुरहरुले आन्दोलन गर्दै आईरहेको थियो ।

संघर्ष समितिले आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म काम गर्न नदिने भन्दै धर्ना कार्यक्रमको घोषणा गरेको समितिका संयोजक विष्णुमणि आचार्यले जानकारी दिएका छन । यस अघि पनि आफुरुको माग पुरा नभएसम्म काम गर्न नदिने भन्दै श्रेष्ठ कम्पनीलाई स्थानीय मजदुरहरुले फर्काएको थियो ।

पटक पटक विबाद भए पछि समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा पुनः बुधबार देखि संघर्ष समितिले आन्दोलन स्वरुप धर्ना बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL