Logo

आईतबारदेखि त्रिभुवन विमानस्थल मर्मत गरिँदै, दैनिक ७ घण्टा उडान अवतरण बन्द

आईतबारदेखि त्रिभुवन विमानस्थल मर्मत गरिँदै, दैनिक ७ घण्टा उडान अवतरण बन्द



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आईतबारदेखि पुनः मर्मत गरिने भएको छ । गत चैत ११ देखि असार १६ गतेसम्म पहिलो चरणको जिर्णोद्धार गरिएको उक्त विमानस्थल आईतबारदेखि पुनः जिर्णोद्धार गर्न लागिएको हो । आईतबारदेखि आगामी पुस १५ गतेसम्म मर्मत गर्न लागिएको उक्त विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

laxmi

विमानस्थल स्रोतका अनुसार आईतबार देखि आगामी पुस १५ गतेसम्म राति ११ बजेदेखि विहान साढे ६ बजेसम्म विमानस्थलमा उडान अवतरण बन्द गरिनेछ ।

विमानस्थलको दोस्रो चरणको मर्मत अन्तरगत रनवे सेन्टरलाईन लाईट, ट्याक्सी वे तथा लिंक रोड मर्मतको काम गरिनेछ । पहिलो चरणको मर्मतमा भने धावनमार्ग मर्मत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL