Logo

भारतका कारण काठमाडौं–रक्सौल रेलमार्ग निर्माण अन्यौलमा, बाढीले भत्काएको रेलवे ट्रयाक डेढ महिना भित्रै

भारतका कारण काठमाडौं–रक्सौल रेलमार्ग निर्माण अन्यौलमा, बाढीले भत्काएको रेलवे ट्रयाक डेढ महिना भित्रै



काठमाडौं । भारतका कारण अहिले काठमाडौं–रक्सौलको रेलमार्ग निर्माण अन्यौलमा परेको छ । प्रारम्भिक अध्ययनको प्रतिवेदन भारतीय पक्षले नेपाललाई बुझाए पनि अझै सोको विषयमा भने कुनै ब्रिफिङ नदिएको रेल विभागले जानकारी दिएको छ ।

laxmi

विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘भारतीय पक्षले प्रतिवेदन पठाएको छ तर उनीहरुले हामीलाई त्यसको विषयमा केही भनेको छैन ।’ भाारतीय सरकारले बनाएको उक्त प्रतिवेदन नेपाली पक्षलाई ब्रिफिङ गरे पछि मात्रै कसरी अगाडी बढ्ने भनेर निष्कर्ष निकाल्ने विभागले जानकारी दिएको छ ।

प्रतिवेदनमा भारतीय पक्षले सो रेलमार्ग निर्माणको लागि सबै भन्दा छोटो दुरी र कम लागतमा बन्न सक्ने विकल्प सहित ४ ओटा विकल्प दिएको छ ।

कहिले बन्ला बाढीले भत्काएको रेलमार्ग ?

यही असार २६ गते देखी परेको अविरल बर्षाका कारण आएको बाढीले भत्काएको रेलमार्ग भने अबको डेढ महिना भित्रै निर्माण भईसक्ने विभागले जानकारी दिएको छ ।

जयनगर–जनकपुर रेलवेसेवा बर्षाका कारण जयनगर–जनकपुर रेलवे खण्डको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको थियो ।

कमला नदिको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको हो । सो क्षेत्रमा आएको बाढी पहिरोका कारण करिब ११ करोड रुपैयाँको क्षेति भएको विभागले यस अघिनै जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL