Logo

लाभग्राहीलाई खाता संचालन गर्न प्राधिकरणको आग्रह, खाता संचालन नगरे बन्द गर्ने

लाभग्राहीलाई खाता संचालन गर्न प्राधिकरणको आग्रह, खाता संचालन नगरे बन्द गर्ने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका लाभग्राहीलाई आफ्नो खाता सुचारु गर्न आग्रह गरेको छ । प्राधिकरणले अनुदान सम्झौता भई बैंक खाता संचालन नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न आग्रह गरेको हो ।

laxmi

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा पुगे पनि लाभग्राहीले खाता संचालन नगरेका कारण उक्त रकम बैंकमा नै जम्मा भई बसेकाले प्राधिकरणले उक्त आग्रह गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न समेत सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरेका छन । यदी लाभग्राहीले समयमै खाता सक्रिय नगर्नेहरुको हकमा भने प्राधिकरणले उक्त खाता निस्क्रिय गर्ने समेत घिमिरेले जानकारी दिएका छन ।

प्राधिकरणका अनुसार आइतबारसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६ सय ८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४ सय ४३ जनाले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL