Logo

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न, कुन जिल्लामा कति बने सुची सहित

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न, कुन जिल्लामा कति बने सुची सहित



काठमाडौं । विनासकारी भुकम्पमा परि ध्वस्त भएका निजी आवास मध्य ४ लाख २४ हजार ९ सय ७७ घर निर्माण सम्पन्न भएको छ । २ लाख १४ हजार ३ सय १४ लाभग्राहीका घर भने पुनर्निर्माणको क्रममा रहेको छ ।

laxmi

पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २ सय ९१ घर पुनर्निर्माणको प्रक्रियामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४ सय ४७ रहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताएका छन । ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आवमा पनि हुन सक्छ, अरु सबै यही आवमै सम्पन्न गर्छौं उनले भने ।’

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २ सय २१ ले पहिलो किस्ता बुझेका छन भने ५ लाख ९९ हजार ४ सय ३९ जनाले दोस्रो किस्ता बुझिसकेका छन । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार १ सय १९ रहेको छ ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा रहेका छन । जहाँ ६७ हजार ८ सय ३४ घर पुनर्निर्माण भएका छन । दोस्रोमा नुवाकोट रहेका छन ।

नुवाकोटमा ५२ हजार ६ सय १३ घर पुनर्निर्माण भएका छन भने धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३ र गोरखामा ४४ हजार २ सय ३१ घर पुनर्निर्माण भइसकेका छन ।
कम प्रभावित जिल्लामा समेत निजी आवास पुनर्निर्माण तिब्र गतिमा भईरहेको प्राधिकरणले जानकारी दिएको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी १० हजार ५ सय २५ घर पुनर्निर्माण भएका छन ।

सम्झौता नगर्नेको नाम हट्दै

निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरुलाई समेत प्राधिकरणले लाभग्राहीको सूचीबाट हटाउने भएको छ ।

लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजार जनाले अनुदान सम्झौता गर्न नआएको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै अनुदान सम्झौता गरे पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या भने साढे ५ हजार जना रहेको छ ।

जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्या :
सिन्धुपाल्चोक – ६७,८३४
नुवाकोट – ५२,६१३
धादिङ – ४८,४५४
दोलखा – ४४,५३३
गोरखा – ४४,२३१
काभ्रेपलाञ्चोक – ३०,८७७
रामेछाप – ३०,७११
ओखलढुङ्गा – १५,७७२
मकवानपुर – १३,०७०
सिन्धुली – १२,५८२
काठमाडौं – ११,५४२
रसुवा – १०,४१८
तनहुँ – १०,५२५
भक्तपुर – ८,४२०
ललितपुर – ४,२१६
लमजुङ – ३२००
चितवन – २,९८२
खोटाङ – २,९२८
सोलुखुम्बु – २,३०२
पाल्पा – १,४३५
भोजपुर – १,२६८
धनकुटा – १,२०३
बागलुङ – ८,८२
स्याङ्जा – ७०७
पर्वत – ६७६
नवलपरासी – ६२०
गुल्मी – ३२७
कास्की – ३२४
म्याग्दी – २७१
अर्घाखाँची – ५४

प्रतिक्रिया दिनुहोस्
MBL