Logo

काठमाडौं–रक्सौल प्रतिवेदन मन्त्रिपरिषदमा लैजाने तयारी, बाढीले पछि सर्यो जयनगर–जनकपुर रेल संचालन

काठमाडौं–रक्सौल प्रतिवेदन मन्त्रिपरिषदमा लैजाने तयारी, बाढीले पछि सर्यो जयनगर–जनकपुर रेल संचालन



काठमाडौं । रेल विभागले काठमाडौं–रक्सौलको प्रारम्भिक अध्ययनको प्रतिवेदन तयार गरेको छ । हाल प्रतिवेदन आएसँगै विभागमा छलफल चलिरहेको र केही दिनभित्रै मन्त्रिपरिषद्मा लैजाने तयारी भईरहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरे पछि मात्रै उक्त रेल्वेको डीपिआरको काम सुरु हुने छ । प्रतिवेदनमा भारतीय पक्षले सो रेलमार्ग निर्माणको लागि सबै भन्दा छोटो दुरी र कम लागतमा बन्न सक्ने विकल्प सहित ४ ओटा विकल्प समेत दिएको मिश्रले जानकारी दिएका छन ।

त्यस्तै जयनगर–जनकपुर रेल सेवा दशैं पछि मात्रै संचालनमा आउने भएको छ । यही असार २६ गते देखी परेको अविरल बर्षाका कारण आएको बाढीले उक्त रेलमार्गको विभिन्न भागमा बाढीले क्षेती पुगे पछि तोकिएकै समयमा रेल संचालन गर्न नसकिने रेल विभागले जानकारी दिएको छ ।

जयनगर–जनकपुर रेलवे सेवा बर्षाका कारण जयनगर–जनकपुर रेलवे खण्डको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको थियो । कमला नदिको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको हो ।

सो क्षेत्रमा आएको बाढी पहिरोका कारण करिब ११ करोडको क्षेति भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त रेलमार्गको पुन निर्माण पछि रेल सेवा संचालनमा ल्याउनु पर्ने भएकाले दशैं सम्ममा संचलन गर्न नसकिने भएको हो ।

‘हामीले दशैं ताका रेल संचालनमा ल्याउने भनेका थियौं तर सो समयमा रेल संचालनमा ल्याउन नसक्ने भयौं,’ महानिर्देशक मिश्रले भने, ‘अहिले हामी उक्त रेलमार्गमा संचालन हुने रेलका लागि आवश्यक जनशक्तिको अवभा खड्किन नदिन के गर्न सकिन्छ त्यो प्रयासमा छौं ।’ साथै उक्त रेलमार्गको पुर्न निर्माण भारतीय पक्षलेनै गर्ने भएकाले बर्षा रोकिने वित्तिकै काम सुरु गर्ने समेत विभागले जानकारी दिएको छ ।

उक्त ब्रोडगेज रेलमार्ग यस अघिनै निर्माण सम्पन्न भए पनि रेल संचालनको लागि खरिद प्रकृया ढिलाहुँदा दशैंमा मात्रै रेल संचालनमा ल्याउन सकिने विभागले जानकारी दिएको थियो । तर विभागले भने पुस सम्ममा रेल संचालनमा ल्याईसक्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL