सिए तुलसी जेभीले पायो बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा, छिट्टै काम सुरु गर्दै

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका शान्तकुमार श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त मन्दिर पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ रहेको छ ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताएका छन । उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने बताए ।

प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपर्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिएका छन ।

निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताएका छन । हाल रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र आसपासका क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status