Logo

विश्व सम्पदा पुनर्निर्माणबाट पछि हट्यो युनेस्को, जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माण जिम्मा विभागलाई

विश्व सम्पदा पुनर्निर्माणबाट पछि हट्यो युनेस्को, जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माण जिम्मा विभागलाई



काठमाडौं । युनेस्को काठमाडौंले हनुमानढोका दरबार क्षेत्र विश्वसम्पदास्थलमा अवस्थित जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माण नगर्ने भएको छ ।

२०७२ सालको भुकम्पमा परि क्षती पुगेको उक्त मन्दिरको यस अघि युनेस्कोले पुनःस्थापना गर्ने भनिए पनि हाल आएर स्थानीयको विरोधपछि आफुहरु त्यसबाट पछि हटेको युनेस्को काठमाडौंले जानकारी दिएको छ ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहार्टले भने भुकम्प पछि नेपालका निर्मित सम्पदाहरुलाई संरक्षणका अन्तरराष्ट्रिय मापदण्ड अनुसार पुनःस्थापना गर्ने कार्यमा सरकारलाई सघाउने एउटा हिस्साको रुपमा लिएको यी दुई मन्दिर पुनस्थापनाबाट पछि हट्नु पर्दा दुख लागेको बताएका छन ।

युनेस्कोले पुरातत्व विभागको साझेदारीमा जापान सरकार र नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा संचालन गर्दै आएको थियो । उक्त मन्दिरको क्षति आंकलन रेखाङ्कन सम्वन्धीत पक्षधरसँगै गरी भविश्यमा समेत भुकम्पले क्षति नपुर्याउने तरिकाले बलियो बनाउन खोजेको युनेस्को काठमाडौंले स्पष्ट पारेको छ ।

तर मन्दिर पुनर्निर्माणको क्रममा धम्क्याउन थाले पछि पुनर्निर्माणको कार्य बन्द गरी विश्व सम्पदा स्थलका लागि आवश्यक अन्तरराष्ट्रिय मापदण्ड अनुसार सम्पन्न गरियोस भनि पुनःस्थापना कार्यसँग सम्वन्धित सबै कागजपत्र समेत पुरातत्व विभागलाई बुझाएको युनेस्को काठमाडौंले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL