Logo

मेलम्ची खानेपानी प्रकरण : ६९ स्थानीय ठेकेदारले गरे १ अर्ब ६० करोड रुपैयाँको माग दावी

मेलम्ची खानेपानी प्रकरण : ६९ स्थानीय ठेकेदारले गरे १ अर्ब ६० करोड रुपैयाँको माग दावी



काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा स्थानीय ठेकेदार ६९ कम्पनीले करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम माग दाबी गरेको छ । आयोजनाको काम संचालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न एक हप्ता अगाडी आग्रह गरेको थियो ।

laxmi

आयोजनाको आग्रह अनुसार स्थानीय ठेकेदार, मजदुर तथा सप्लायर्सले साढे १ अर्ब रुपैयाँ बराबरको माग दाबी गरेको कार्यदलका संयोजक कृष्ण गोपाल तामाङले जानकारी दिएका हुन । उनका अनुसार हालका लागि अनुमानित रकम साढे १ अर्ब रुपैयाँ रहेको छ । तर सो रकम बढ्न पनि सक्ने उनको भनाई छ । उनले भने, ‘अहिले हामी काम गर्दै छौं दुई चार दिन भित्रमा एकिन रकम आउनेछ ।’

आयोजनाको ठेक्का पाएको इटालिएन कम्पनी सिएमसी नेपाल छोडेर भागे पछि स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सले आफुहरुले काम गरेको रकम पाउनु पर्ने भन्दै विभिन्न चरणको आन्दोलन गर्दै आईरहेका छन् ।

पछिल्लो समय आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई समेत आफ्नो रकम प्राप्त नगरेको भन्दै स्थानीय ठेकेदारले फर्काएका थिए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सहमति जुटेसँगै काम गर्न दिने वातवरण बनेको थियो ।

तर स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सले भने असार २१ भित्र माग सम्बोधन नभए पुन : आयोजनाको काममा अवरोध गर्ने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL