Logo

सोलुखुम्बुमा पुनर्निमित सडक हस्तान्तरण, सडकमा खराबी आए निर्माण कम्पनीले बनाईदिने

सोलुखुम्बुमा पुनर्निमित सडक हस्तान्तरण, सडकमा खराबी आए निर्माण कम्पनीले बनाईदिने



काठमाडौं । भूकम्पीय आपतकालीन सडक आयोजना अन्तरगत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ ।

शुक्रबार नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर कुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई हस्तान्तरण गरेका हुन ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर लामो सडक थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलसम्म रहेको छ । उक्त सडक ३४ करोड २ लाख ६९ हजारमा पुनर्निर्माण सम्पन्न भएको हो ।

सडकको पुनर्निर्माणबाट महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका भूकम्पीडित लाभग्राहीलाई घर पुनर्निर्माणका लागि निर्माण सामग्री लैजान सजिलो भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

आयोजना हेर्ने बरिष्ठ इञ्जिनियर बुद्धिनारायण श्रेष्ठका अनुसार यी गाउँपालिकाका ३ हजार ९ सय ८८ क्षतिग्रस्त घरमध्ये २ हजार ९ सय ७ वटा घरको पुनर्निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न उक्त सडकले सहयोग पुग्नेछ ।

जिल्ला समन्वय समितिका प्रमुख वीर कुमार राई सडक निर्माणपछि अन्य स्थानीय पूर्वाधार निर्माण गर्न सहज भएको बताउँछन । किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सजिलो भएको तथा अन्य शाखा सडक निर्माण गर्न सकिएको उनको भनाई रहेको छ ।

सडक निर्माण गरेको स्वछन्द–रौतहा जेभीले हस्तान्तरणको एक बर्षसम्म सडकमा निर्माणसम्बन्धी कुनै खराबी आएमा मर्मतसंभार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL