Logo

मेलम्ची आयोजनाको काम सञ्चालन गर्न कार्यदल, असार २१ सम्म माग सम्बोधन नभए पुन: आन्दोलनमा जाने

मेलम्ची आयोजनाको काम सञ्चालन गर्न कार्यदल, असार २१ सम्म माग सम्बोधन नभए पुन: आन्दोलनमा जाने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन सरोकारवालाबीच एक कार्यदल गठन भएको छ । केही समय अगाडी देखी आफ्नो भुक्तानी पाउनु पर्ने भन्दै स्थानीय ठेकेदारहरुले गरेको आन्दोलनले गर्दा आयोजना अघि नबढ्ने भए पछि काम अघि बढाउन कार्यदल गठन भएको आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन ।

laxmi

सिएमसी भागे पछि आफ्नो रकम डुब्ने डरले स्थानीय ठेकेदारहरुले रकम पाउनु पर्ने माग राख्दै आन्दोलन गरिरहेका छन । तर आयोजनाले भने मजदुरहरुको रकम दिन सकिने भए पनि ठेकेदारको रकम भने दिन नसकिने बताउँदै आएका छन ।

सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् ।

इटालियन कम्पनी सिएमसी भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकेदार कम्पनी सिएमसीले रकम भुक्तानी गर्न बाँकी रहेका स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरले आयोजनाको काममा अवरोध गर्दै आएका थिए ।

बैठकमा आगामी असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भुक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजनास्थलमा स्थानीयवासीले अवरोध नगर्ने सहमति जुटेको हो ।

छलफलबाट सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले उनीहरुले पाउनुपर्ने भुक्तानीका बारेमा प्रतिवेदन तयार गर्नेछ । पछिल्लोपटक काम गर्न गएको श्रेष्ठ कन्स्ट्रक्सनलाई उनीहरुले काम गर्न नदिई फिर्ता पठाएका थिए ।

छलफल कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका निर्देशक सूर्यराज कँडेलले स्थानीयवासीले उठाएका जायज मागको सम्बोधन गर्ने बताएका छन । स्थानीय ठेकेदार तथा सप्लायर्सले आयोजनाबाट भुक्तानी पाउनुपर्ने रकम छिटो उपलब्ध गराउन आग्रह गरेकोे जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिएका छन ।

असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय संघर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठलेले चेतावनी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL