Logo

काठमाडौ तराई द्रुतमार्ग मेलम्चीको हालत नहोस, कार्ययोजना बनाएर काम गर्न सेनालाई सुझाव

काठमाडौ तराई द्रुतमार्ग मेलम्चीको हालत नहोस, कार्ययोजना बनाएर काम गर्न सेनालाई सुझाव



काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग समयमै पूरा नहुने बताएका छन । सोमबार बसेको व्यवस्थापिका संसद्को विकास समितिमा बोल्दै सांसदहरुले द्रुतमार्गलाई मेलम्चीको पारा नल्याउन सुझाव समेत दिएका छन । सांसद् जिपछिरिङ लामाले उक्त आयोजना समयमै सकिनेमा शंका ब्यक्त गर्दै आयोजना निर्माण हुन सक्ने मिति र लागतका विषयमा नेपाली सेनाले जानकारी दिनु पर्ने बताए । उनले भने, ‘छिटोछिटो काम भयो भने पनि अझै ५ वर्ष लाग्छ, सेनाले स्पष्ट जवाफ दिनपर्यो ।

त्यस्तै सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २ वर्षको निर्धारित समयमा आयोजना निर्माणको काम सकिनेमा आशंका व्यक्त गरे । यसले लागत पनि बढाउने भन्दै उनले निर्माणलाई तीव्रता दिन माग गरेका छन । खोकनाको विवादकैबीच २ कम्पनीलाई ठेक्का दिइएको विषयमा पनि सांसद् पहाडीले आपत्ति जनाए । विवादकै बीच निर्माणको ठेक्का दिन नहुने तर्क सांसद् पहाडीको छ ।

४ लाख ४७ हजार विरुवा रोप्नुपर्ने सहमति कार्यान्वयन नभएको तथा महँगो भाडा तिरेर ल्याइएका उपकरणको प्रयोगबारे पनि उनले जिज्ञासा राखेका छन । ‘तोकिएको विरुवा नरोपिएको र महँगा उपकरण प्रयोगमा नआएको सुनिएको छ । यसको सत्यता के हो ?’, सांसद् पहाडीले बैठकमा भने ।

संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याण खड्काले पछिल्लो समय काममा ढिलासुस्ती भएको बताउँदै २ वर्ष मात्रै समय बाँकी रहेकाले कार्ययोजना बनाएर मात्रै काम गर्न उनले सेनालाई सुझाब दिएकी छिन ।

बैठकमा काठमाडौं–तराईरमधेश द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ । भ्याट सहित यो रकम निर्धारण गरिएको हो । हालसम्मको प्रगति र डीपीआर सम्बन्धी छलफल कार्यक्रममा सो मार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले यो जानकारी दिएका हुन् ।

श्रेष्ठले द्रुतमार्गको विषयमा जानकारी दिए पछि अधिकांश सांसदहरुले २ बर्षको समय सकिएको र आउने २ बर्षमा निर्माण सम्पन्न गर्न सकिने आधार सेनासँग माग गरेको छ । उक्त मार्गको लम्बाई भने ७२ दशमलब ५ किलोमिटर निर्धारण गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिएएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL