Logo

निजगढसम्म रेल पुर्याउन चौथो पटक टेन्डर हुँदै, किन पर्दैन आवेदन ?

निजगढसम्म रेल पुर्याउन चौथो पटक टेन्डर हुँदै, किन पर्दैन आवेदन ?



काठमाडौं । लालबन्दीदेखि निजगढसम्मको रेलमार्ग निर्माणको लागि रेल विभागले चौथोपटक समय थप गरेको छ ।

यसअघि ३ पटक सम्म आवेदन माग गरिएको उक्त टेण्डरमा आवेदन नआएपछि चौथोपटक टेण्डर आह्वान गरिएको विभागले जानकारी दिएको छ । ४ पटक सम्म म्याद थप गरेको विभागले निर्माण ब्यवसायीको आन्दोलन स्थगितसँगै असार ११ गते टेण्डर खुलाउन लागिएको जानकारी दिएको हो ।

यस अघि तेस्रो पटक सम्म समयसीमा थप गरे पनि आन्दोलका कारण आवेदन नपरे पछि पुनःचौथो पटक समय थप गरिएको विभागले जानकारी दिएको हो । विभागका महानिर्देशक बलराम मिश्रले भने जहिले सम्म आवेदन पर्दैन तव सम्म समय थप गर्दै जाने बताउँदै आएका छन।

बिभिन्न कारणले समयमै टेण्डर गर्न नसकेको विभागले पछिल्लो समय टेण्डर गरे पनि ब्यवसायीको आन्दोलनका कारण उक्त रेलमार्ग निर्माणमा ढिलाई हुने भएको छ । तर नेपाल निर्माण व्यवसायी महासंघले भने अघिल्लो हप्ताको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै आन्दोलन स्थगित गरेको घोषणा गरेको थियो ।

संघले सरकारद्धारा जारी सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ ले व्यवसायीका केही महत्वपूर्ण मागहरु पूरा गरेको भन्दै आफ्नो आन्दोलन फिर्ता लिएका थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL