Logo

मेलम्ची खानेपानीमा सुरु भयो स्थानीयको अवरोध, नयाँ ठेकेदारले गर्न पाएनन् काम

मेलम्ची खानेपानीमा सुरु भयो स्थानीयको अवरोध, नयाँ ठेकेदारले गर्न पाएनन् काम



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको मेलम्ची खानेपानी आयोजनामा स्थानीयको अबरोध सुरु भएको छ । आयोजनाले नयाँ ठेक्कामार्फत काम अघि बढाएपनि स्थानीयले काम गर्न नदिएपछि पुनः स्थगित भएको छ ।

आयोजनाले मूख्य दुई ठेकेदारमार्फत काम गर्ने गरी ठेक्का प्रकृया अघि बढाए पछि ठेक्का प्राप्त गरी काम गर्न पुगेको श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई सिएमसीबाट पीडित स्थानीय ब्यवसायीले फर्काईदिएका हुन् ।

आयोजनाले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि काम स्थगित भएको आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन ।

आयोजना स्थल पुगेका कामदारलाई स्थानीय निर्माण व्यावसायी (भेण्डर) हरुले धम्क्याएको भन्ने खबर आएको र सुरक्षा निकायले छानविन गरिरहेको आयोजना प्रमुख कंडेलले बताए । उनले भने, ‘सुरुमा स्थानीयले विरोध गरेको र सोही अवस्थामा भेण्डरहरु छिरेर थर्काएको जानकारी प्राप्त भएको छ ।’

तर स्थानीय निर्माण व्यावसायीहरुले भने केही समय अगाडी देखिनै डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलन गरे पनि आयोजनाले सो रकम दिन नसकिने बताउँदै आएको छ । आयोजनाले भने श्रमिकको हकमा भने रकम दिन तयार भएको तर कुन प्रकृयामार्फत दिने भनेर निर्णय हुन बाँकी रहेको जानकारी दिएको छ । तर सरकारले कुनै निर्णय वा निर्देशन नदिएसम्म भेण्डरहरुको रकम दिन नसकिने स्पष्ट पारेका छन ।

उनले भने, ‘हामीले स्थानीय भेण्डरहरुलाई पहिल्यै सचेत गराएका थियौं कि सिएमसी भाग्न लागेको छ अहिले हाम्रो नियन्त्रणमा छ ।, तर त्यो बेला भेण्डरहरु सिएमसीकै पछि लागे सरकारको कुरा सुनेन अनि अहिले आएर मेरो पैसा डुब्यो भनेर सरकार विरुद्द गएर हुन्छ ?’

जुन बेला हामीले नियन्त्रणमा राखेर आउनुस कुरा गरौं भन्दा उहाँहरु विदेशीलाई चाडबाड मनाउन पाउनु पर्छ पठाउनु पर्छ भनेर लाग्ने अहिले आएर बखेडा निकाल्नुको कुनै तुक नभएको उनको तर्क थियो । उनले भने, ‘भेण्डरहरुले त्यही बेला ठगी मुद्दा लगाएको भए राम्रो हुने थियो मुद्दा पनि लाग्थ्यो स्थानीय ठेकेदारले आफ्नो पैसा पनि पाउँथ्यो ।’

त्यो बेलामा जानकारी गर्दा पनि केही नभन्ने अहिले सिएमसी फर्केर नआउने भए पछि सरकारको विरुद्दमा लागेर सरकारलाई पैसा मागेर केही नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL