Logo

असार २१ गतेसम्म अनुदान सम्झौता गर्न प्राधिकरणको आग्रह, सम्झौता नगरे लाभग्राही सूचीबाट हटाइने

असार २१ गतेसम्म अनुदान सम्झौता गर्न प्राधिकरणको आग्रह, सम्झौता नगरे लाभग्राही सूचीबाट हटाइने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका भुकम्प प्रभावितलाई सूचीबाट हटाउने भएको छ । प्राधिकरणले लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र पहिलो किस्ता लिन समेत आग्रह गरेको छ ।

निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरले जानकारी दिएका छन ।

प्राधिकरणका अनुसार हालसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३ सय १७ जनाले मात्रै अनुदान सम्झौता गरेका छन् ।

त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबारसम्म ७ लाख ६१ हजार ५ सय ४२ जनाले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL