Logo

पप्पुले जिम्मा लिएको पर्साको तिलावे पुल अलपत्र, १ हप्तामा काम पुरा नगरे कारवाही गर्ने चेतावनी

पप्पुले जिम्मा लिएको पर्साको तिलावे पुल अलपत्र, १ हप्तामा काम पुरा नगरे कारवाही गर्ने चेतावनी



काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले कारवाही सिफारिस गरेको १ हप्ता नपुग्दै पप्पु कन्स्ट्रक्सनले पर्साको तिलावे पुल पनि अलपत्र पारेको पाईएको छ ।

काठमाडौंको तिनकुनेस्थित बागमति पुलमा लापरपवाही गरेपछि कारवाहीका लागि सिफारिस भएको एक हप्ता नपुग्दै पप्पुको अर्काे बदमासी सार्वजनिक भएको हो । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय समेत गुज्रिसक्दा पनि पप्पुले पर्सा जिल्लाको तिलावे पुललाई अझै अलपत्र पारिरहेको समितिले जानकारी दिएको छ ।

आइतबार संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले तिलावे पुलको स्थलगत अवलोकन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

पप्पुले पुल निर्माणमा चरम लापरवाही गरेको स्पष्ट देखिएको सभापति खड्काले बताइन् । प्रमुख जिल्ला अधिकारी भट्टराईले एक हप्ताभित्र पुलको पाइल्स निर्माण गरि अस्थायी आवत जावतको व्यवस्था नगरे कारवाही गर्ने चेतावनी समेत दिएका छन ।

सभापति खड्काको टोलीले रौतहट जिल्लाको सन्तपुर पिपरा गौर सडक अन्तर्गत चेतनगर सडकमा कमसल कालोपत्रे गरिएको गुनासो आएपछि अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालोपत्र गरिएको सडक कमजोर देखिएकाले तत्काल प्राविधिक परिक्षण गरि दोषी उपर कारवाही गर्न पनि सभापति खड्काले हुलाकी सडक आयोजनालाई निर्देशन दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL