Logo

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङको टेण्डर सोमबार खुलाउने तयारी

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङको टेण्डर सोमबार खुलाउने तयारी



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आह्वान गरेको टेण्डर सोमबार खुलाईने भएको छ । ईटालिएन कम्पनीले काम छोडेर गए पछि अन्यौलमा परेको आयोजनाका काम अघि बढाउन ३१ जुनमा १५ दिने सुचना जारी गरी टेण्डर आह्वान गरेको थियो ।

laxmi

आयोजनाले मुख्य सुरुङमार्ग र हेडबक्स गरी दुई ओटा प्याकेजमा टेण्डर आह्वान गरेको थियो । सोही अनुसार मुख्य सुरुङको सोमबार टेण्डर खुलाउने तयारी भईरहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन ।

उनका अनुसार मुख्य हेडबक्सको टेण्डर खुलाउन भने अझै १५ दिन कुर्नु पर्नेछ । आयोजनाले सुरुङको समयावधि १५ दिन र हेडबक्सको समयावधि १ महिना हुने गरी टेण्डर आह्वान गरेको थियो । सिएमसीले उक्त आयोजना छोडेर गए पछि मन्त्रिपरिषदको निर्णय अनुसारनै २ ओटा प्याकेजमा काम गर्ने गरी आयोजनाले टेण्डर आह्वान गरेको थियो ।

आयोजनाले भने एउटै प्याकेजमा जाँदा मेलम्चीको पानी काठमाडौं आईपुग्न करिब ३ बर्ष भन्दा माथी समय लाग्ने देखिए पछि मल्टिपल प्याकेजमार्फत जाने तयारीका साथ उक्त टेण्डर खुला गरेको थियो । आयोजनाले टेण्डर खुलाएसँगै मेलम्चीको पानी १ बर्ष भित्रै काठमाडौंमा आउनेमा ढुक्क रहेको आयोजनाको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL