Logo

लालबन्दी–निजगढ रेलमार्ग टेण्डरको तेस्रो पटक समय थप, पर्ला त आवेदन ?

लालबन्दी–निजगढ रेलमार्ग टेण्डरको तेस्रो पटक समय थप, पर्ला त आवेदन ?



काठमाडौं । लालबन्दीदेखि निजगढसम्मको रेलमार्गको लागि टेण्डर खुलाए पनि हाल सम्म कुनै आवेदन नपरेको रेल विभागले जानकारी दिएको छ ।

अघिल्लो बुधबार सम्म समयसिमा भए पनि आवेदन नपरे पछि विभागले एक हप्ताको लागि समय थप गरेको थियो । तर उक्त एकहप्ता थपेको समयमा पनि टेण्डरको लागि आवेदन नपरे पछि पुनःसमय थप गरेको विभागले जानकारी दिएको छ ।

निर्माण ब्यवसायीहरुको आन्दोलनले गर्दा उक्त टेण्डरको लागि हाल सम्म पनि आवेदन नपरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

विभागले उक्त रेल मार्गको निर्माणका लागि दोस्रो पटकको समय बुधबार अन्तिम हुने गरी टेण्डर आह्वान गरेको थियो तर सो समय सम्म पनि आवेदन नपरे पछि पुनःएक हप्ताको लागि समय थप गरेको हो । थप गरेको समय असार ५ गते बिहीबार सम्म रहने छ ।

उनका अनुसार थपेको समय सिमासम्म पनि आवेदन नपरे पुनसमय थप्दै जाने मिश्रले बताउँदै आएका छन । बिभिन्न कारणले समयमै टेण्डर गर्न नसकेको विभागले पछिल्लो समयमा टेण्डर गरे पनि ब्यवसायीको आन्दोलनका कारण उक्त रेलमार्ग निर्माणमा ढिलाई हुने भएको छ ।

तर नेपाल निर्माण व्यवसायी महासंघले भने मंगलबार पत्रकार सम्मेलन गर्दै आन्दोलन स्थगित गरेको घोषणा छ । सरकारद्धारा जारी सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ ले व्यवसायीका केही महत्वपूर्ण मागहरु पूरा गरेको भन्दै आफ्नो आन्दोलन फिर्ता लिएको हो ।

आन्दोलन फिर्ता भएसँगै आवेदन पर्नेमा ढुक्क भएको विभागका महानिर्देशक मिश्रको भनाई रहेको छ । उनले भने, ‘अव समय बढाउनु पर्ला जस्तो छैन तै पनि आशा राखौं आवेदन पर्छकी ।’

प्रतिक्रिया दिनुहोस्
MBL