Logo

चार लाख घरको पुनर्निर्माण सम्पन्न, निजी आवास निर्माणमा ८२ प्रतिशत प्रगति

चार लाख घरको पुनर्निर्माण सम्पन्न, निजी आवास निर्माणमा ८२ प्रतिशत प्रगति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त घरमध्ये ४ लाख घरको पुनर्निमाण सम्पन्न भएको छ । भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार २ लाख २८ हजार ८ सय ८५ घरहरु भने पुनर्निर्माणको क्रममा छन ।

laxmi

संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको जानकारी दिएका हुन । उनका अनुसार ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत पुनर्निर्माणमा उपलब्धी हासिल भएको छ ।

निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन्। सरकारले निजी आवास पुननिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिले भन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताए । ‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्व दिएर काम गरेका छौं, उनले भने, ‘शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा लगायत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नैछौं।’

प्रतिक्रिया दिनुहोस्
MBL