Logo

पुनर्निर्माण र जलवायु परिवर्तन सम्बन्धी सम्मेलन काठमाडौंमा, ४ देश सहभागि हुँदै

पुनर्निर्माण र जलवायु परिवर्तन सम्बन्धी सम्मेलन काठमाडौंमा, ४ देश सहभागि हुँदै



काठमाडौं । विपद व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबार देखी काठमाडौमा हुने भएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद, पुनर्निर्माण लगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका छन ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेको उपलब्धीहरु तथा अनुभवबाट अन्तरराष्ट्रिय समुदायले समेत सिक्न सकून भनेर सम्मेलनको आयोजना गरेको बताए ।

२ दिन चल्ने सो सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL