Logo

रुग्ण अवस्थामा रहेका पुलहरु तत्काल बनाउन समितिको निर्देशन

रुग्ण अवस्थामा रहेका पुलहरु तत्काल बनाउन समितिको निर्देशन



काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पुष्पलाल मध्यपहाडी र हुलाकी राजमार्ग निर्माणका काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

शुक्रबार समितिको बैठकले उक्त राजमार्गहरुको मार्गधिकार निर्धारण गरी लागत कट्टा गर्ने ब्यवस्था चालु आर्थिक बर्ष भित्रै मिलाउन समेत निर्देशन दिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिएकी छिन ।

त्यसतै उक्त राजमार्गहरुमा पर्ने रुग्ण अवस्थामा रहेका पुलहरुको पहिचान गरी त्यस्ता पुलहरुको निर्माणकार्य समयमै सम्पन्न गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सार्वजनिक खरिद नियमावलीको संशोधन पछि ठेक्का तोडिने सडक तथा पुलहरुको निर्माणको ठोस योजना बनाउन, हुलाकी राजमार्ग अन्तरगत रहेका पुल तथा कल्भर्टहरुको डिजाईनमा पुनरावलोकन गरी शुनिश्चितता गर्न समेत समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL