Logo

पुनःनिर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट, यसअघि छुटेका लाभग्राहीलाई समावेश गरिने

पुनःनिर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट, यसअघि छुटेका लाभग्राहीलाई समावेश गरिने



काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक बर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्न ५८ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन । साथै यस अघि छुटेका वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण गरिने भएको छ ।

त्यस्तै उनले आगामी बर्षभित्रै धरहराको निर्माण सम्पन्न गर्न १ अर्ब रुपैयाँ बजेटको व्यवस्था गरिएको बताएका छन । उक्त धरहरा आगामी २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । स्थानीय पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL