Logo

रेल तथा पानी जहाज संचालन गर्न १ खर्ब साढे ६३ अर्ब रुपैयाँ विनियोजन, २ बर्ष भित्रै पुर्व पश्चिम रेलमार्ग निर्माण

रेल तथा पानी जहाज संचालन गर्न १ खर्ब साढे ६३ अर्ब रुपैयाँ विनियोजन, २ बर्ष भित्रै पुर्व पश्चिम रेलमार्ग निर्माण



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेटमार्फत पूर्व पश्चिम रेलमार्ग तथा काठमाडौंमा मेट्रो, मोनो रेलमार्ग निर्माणको लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक बर्ष भित्रै विद्युतिय रेलमार्ग निर्माण गर्ने भएको छ । यसैगरी बजेटमार्फत आगामी २ वर्ष भित्र सबै पुर्वपश्चिम रेलमार्गको विस्तृत परियोजना अध्ययन सम्पन्न गरी काँकटभित्ताबाट निर्माण सुरु गर्ने गरी उक्त रकम वियोजन गरेको हो ।

काठमाडौंलाई दुवैतर्फको रेलमार्गले जोड्ने गरी काठमाडौं विरगन्ज र काठमाडौं रसुवागढी रेलमार्गको डीपीआर तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गर्ने भएको हो ।

त्यस्तै रेल तथा जलयातायातको लागि १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL