Logo

मेलम्ची खानेपानी आयोजनालाई साढे ७ अर्ब बजेट विनियोजन, आगामी बर्षमा ९२ प्रतिशत जनतालाई खानेपानी सेवा

मेलम्ची खानेपानी आयोजनालाई साढे ७ अर्ब बजेट विनियोजन, आगामी बर्षमा ९२ प्रतिशत जनतालाई खानेपानी सेवा



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६ / ७७ को बजेट मा मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष भित्रै सम्पन्न गर्ने लक्ष सहित सरकारले उक्त बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी बर्ष भित्रमा नयाँ खानेपानी आयोजना सुरु गर्ने तथा अधुरा आयोजनाहरुलाई समेत निर्माण सम्पन्न गरी करिब ९२ प्रतिशत जनतालाई खानेपानीसेवा वितरण गर्ने गरी बजेट विनियोजन भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL