Logo

सार्वजनिक खरिद नियमावलीप्रति महासंघको आपत्ति, भन्छन विदेशी व्यवसायीलाई प्राथमिकता दिइयो

सार्वजनिक खरिद नियमावलीप्रति महासंघको आपत्ति, भन्छन विदेशी व्यवसायीलाई प्राथमिकता दिइयो



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ प्रति आपत्ति जनाएको छ ।

महासंघले स्वदेशी निर्माण व्यवसायीलाई पेशाबाटै पलायन गर्ने गरी सरकारले जारी गरेको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ को केही बुँदामाथी आपत्ति जनाएको हो ।

महासंघलगायत यससँग प्रत्यक्ष सरोकार भएका निकायको राय सुझावलाई बेवास्ता गर्दै जारी भएको नियमावलीका केही बुँदाले स्वदेशी व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले दिएका रायसुझावविपरीत नियमावली जारी गरी सरकारले निर्माणमैत्री ऐन कानून निर्माण गर्ने अवसर गुमाएको दाहालको भनाइ छ । नियमावलीका कारण ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा हुन नसक्ने महासंघको ठहर छ ।

नियमावलीअनुसार कुनै बोलपत्र हाल्न नमिल्ने र विकास निर्माण ठप्प हुने परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरोकार भएका निकायसँगको घनिभूत छलफलपछि अव्यवहारिक तथा अवैज्ञानिकरुपमा आएका नियमावलीका केही बुँदाको विरोधमा महासंघ आन्दोलनमा जान बाध्य हुनसक्ने महासचिव दाहालले बताए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL