Logo

सिएमसी ल्याउनबाट पछि हटे मन्त्री मगर, नेपाली ठेकेदारमार्फत मेलम्चीको पानी काठमाडौंमा

सिएमसी ल्याउनबाट पछि हटे मन्त्री मगर, नेपाली ठेकेदारमार्फत मेलम्चीको पानी काठमाडौंमा



काठमाडौं । खानेपानी मन्त्री विना मगर ईटालिएन कम्पनी सिएमसीलाई फिर्ता ल्याउनबाट पछि हटेका छन् । मन्त्रालय श्रोतका अनुसार लामो समयसम्मको छलफल पछि पनि सिएमसीले कुनै जवाफ नदिए पछि मन्त्री मगर पछि हटेकी हुन् ।

laxmi

कम्पनी डुबेको भन्दै गत जनवरीमा सिएमसी स्वदेश फर्केका थिए । स्वदेश फर्के पनि मन्त्री मगर भने सिएमसीकै पछि लागेको थियो । तर अहिलेसम्म सिएमसीले नेपाल फर्कने कुनै प्रतिक्रिया नदिए पछि मन्त्री मगर पछि हटेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

तर मन्त्री मगर भने सिएमसीलाई नेपाल फर्काउन सकेको खण्डमा ठूलै रकम कमिशन पाउने आशमा एक हप्ता अघिसम्म दोडधुप गरिरहेकी थिईन ।

सरकारले उक्त आयोजना एक बर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । खानेपानी मन्त्री सिएमसीकै पछि लाग्ने र मेलम्ची आयोजना प्रमुख लामो विदामा बसेका कारण हाल सम्म आयोजना कसरी अघि बढाउने भन्ने विषयमा कुनै टुङ्गो लाग्न सकेको छैन ।

‘आयोजनाले सो कम्पनीसँग सम्झौता भङ्ग गरि अर्कै कम्पनीलाई जिम्मा दिन फाइल अघि बढाउँदा पनि मन्त्रीले मानेका थिएनन्,’ उक्त स्रोतले भन्यो, ‘तर अब भने मन्त्री मगर नेपाली ठेकेदार मार्फतनै काम गर्ने र एक डेड बर्ष भित्रै मेलम्चीको पानी काठमाडौबासीलाई वितरण गर्ने योजनामा लागि परेकी छिन् ।’

मन्त्रालयले पनि उक्त आयोजना अघि बढाउन अब आउने मन्त्रिपरिषदमा निर्णय गराएर मात्रै काम अघि बढाउने तयारी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL