Logo

सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा, ऋण लिँदा प्यान नम्बर नचाहिने

सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा, ऋण लिँदा प्यान नम्बर नचाहिने



काठमाडौं । भूकम्प पीडितले आवास निर्माणका साथै जीविकोपार्जनका लागि समेत ऋण पाउने भएको छ । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी उक्त सुविधा उपलब्ध गराएको हो ।

laxmi

पीडितले निजी आवास निर्माणका लागि ऋण लिएको भए पनि व्यवसायिक कुषि तथा पशुपन्छी कर्जा, युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा लगायत मध्ये एक शीर्षकको ऋण लिन सक्ने छन ।

पीडितले कर्जा लिँदा भने निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निर्माण गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिन सक्ने छन ।

भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) भने आवश्यक नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL