Logo

खानेपानी मन्त्री कमिशनको चक्करमा लाग्दा अनिश्चित बन्दै मेलम्ची, कमिशन टुङ्गो लगाउन सिएमसीसँग इटलीमा गोप्य वार्ता

खानेपानी मन्त्री कमिशनको चक्करमा लाग्दा अनिश्चित बन्दै मेलम्ची, कमिशन टुङ्गो लगाउन सिएमसीसँग इटलीमा गोप्य वार्ता



काठमाडौं । खानेपानी मन्त्री विना मगर कमिशनको चक्करमा लाग्दा मेलम्ची खानेपानी आयोजना अन्यौलमा परेको छ । मेलम्ची आयोजनाले निर्माता कम्पनी ईटालिएन कम्पनी सिएमसीसँग सम्झौता तोडेपनि मन्त्री मगरले भने कमिशनकै कारण सोही कम्पनीलााई ल्याउन दौडधुप गरेकी मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

laxmi

सरकारले उक्त आयोजना एक बर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर खानेपानी मन्त्री भने अझै ईटालिएन कम्पनी सिएमसीलाई नै पुनः काममा फर्काउनका लागि आफु नजिकका व्यक्तिलाई वार्ताका लागि इटाली नै पठाएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

‘मन्त्रीले आयोजनासँग ठूलो रकम लिएको र सोही अनुरुप चलखेल गरेका कारण अझै पनि सिएमसीलाई नै आयोजना निर्माणको जिम्मा दिने पक्षमा मन्त्री मगर देखिएकी छिन्,’ उक्त स्रोतले भन्यो, ‘आयोजनाले सो कम्पनीसँग सम्झौता भङ्ग गरे अर्कै कम्पनीलाई जिम्मा दिन फाइल अघि बढाउँदा पनि मन्त्रीले मानेका छैनन् ।’

गत जनवरीमा सिएमसी नेपालबाट भागे पछि अलपत्र परेको योजना अघि बढाउन आयोजना तथा मन्त्रालयले कागजपत्र तयार गरे पनि मन्त्री विनामगरले स्वीकृति नदिँदा हालसम्म अन्यौलमै रहेको छ ।

हाल आयोजनाले भने कम्प्युटरराईज गर्ने काम अन्तिम चरणमा रहेकाले मल्टिपल टेण्डर मार्फत काम गर्ने बताउँदै आएको छ । मल्टिपल टेण्डरमार्फत काम अगाडी बढाउने आयोजनाको लक्ष्य रहे पनि खानेपानी मन्त्रालयबाट हाल सम्म कुनै निर्णय आउन नसक्दा टेण्डर गर्न सकेको छैन ।

सिएमसीले नेपाल ईन्भेष्टमेन्ट बैंकबाट करिब डेढ अर्ब रुपैयाँ लिएर भागे पछि सो आयोजना झनै अन्योलमा परेको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन । मन्त्रालयका उच्च अधिकारीका अनुसार मन्त्री मगरले सिएमसीबाट ठूलै रकम हात पारेको बताए पनि उनले रकम भने खुलाउन चाहेनन् । त्यही रकमबाट मन्त्री मगरले चागुँनारायणमा घर समेत बनाएको उनको दाबी थियो ।

उनका अनुसार अझै पनि सिएमसीलाई नै फर्काउनका लागि मन्त्री मगर लागि परेकी छन । सिएमसीलाई फर्काउन भित्री चलखेल भएकाले नै उक्त आयोजना हाल सम्म अगाडी नबढेको ति अधिकारीको भनाई रहेको छ ।

तत्कालिन खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सोही विषयमा कुरा नमिल्दा मन्त्री मगरले हटाएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL