Logo

रेल विभागले भन्यो : आगामी बर्ष पूर्व पश्चिम रेलमार्ग निर्माण गर्न सकिँदैन

रेल विभागले भन्यो : आगामी बर्ष पूर्व पश्चिम रेलमार्ग निर्माण गर्न सकिँदैन



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुसार पूर्व पश्चिम रेलमार्गको निर्माण गर्न नसकिने भएको छ ।

laxmi

सरकारले उक्त रेलमार्ग निर्माण गर्न नीति निर्माण गरेर जानु पर्ने हुन्छ, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अहिले सम्म बजेट विनियोजन भएको छैन कसरी निर्माण गर्न सकिन्छ ।’ पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि विस्तृत अध्ययन परियोजना (डिपिआर) तयार भए पनि सरकारले बजेट विनियोजन नर्गदा काम अगाडी बढन सकेको छैन ।

तर सरकारले आगामी अर्थिक बर्षमा बजेट विनियोजन गरेको खण्डमा भने उक्त रेल मार्गको निर्माण गर्न सकिने विभागले जानकारी दिएको छ । त्यस्तै सरकारले आगामी ४ बर्ष भित्रै काठमाडौंलाई चीन र भारत दुवै देशबाट रेलमार्गबाट जोड्ने बताएको छ । हाल उक्त रेल मार्गहरुको डिपिआर तयारीका काम भईरहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार अबको केही महिनामै काठमाडौं रक्सौल र काठमाडौं केरुङ रेल मार्गको डिपिआर तयार हुने छ । डिपिआर निर्माण सम्पन्न भईसके पछि के कति लागत लाग्ने कति समयमा निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य थाहा पाउन सकिने विभागले जानकारी दिएको छ ।

तर केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग करिब ७२ किमी लामो हुने विभागले यस अघिनै जानकारी दिएको छ । उक्त रेल मार्गमा केरुङदेखि स्याफ्रुबेसी हुँदै काठमाडौं आउने रेलमार्ग करिब ९० प्रतिशत सुरुङ र पुलमा बनाउनु पर्ने विवभागको अनुमान रहेको छ ।

साथै उत्तर क्षेत्रबाट आउने रेलले हिमाल, पहाड र ठूला खोचहरु पार गर्दै आउनुपर्छ, जसमा सुरुङ र पुलहरुको निर्माण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL