Logo

काठमाडौंबासीलाई एक बर्षभित्रै मेलम्चीको पानी, ममुन्द्रमा नेपाली झण्डा भएको जहाज संचालन

काठमाडौंबासीलाई एक बर्षभित्रै मेलम्चीको पानी, ममुन्द्रमा नेपाली झण्डा भएको जहाज संचालन



काठमाडौं । सरकारले एक बर्ष भित्रै मेलम्चीको पानी काठमाडौबासीलाई वितरण गर्ने जानकारी दिएको छ ।

इटालियन कम्पनी सिएमसी भागेपछि मेलम्ची खानेपानी आयोजना ५ महिनादेखी अलपत्र छ । तर, सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक बर्ष भित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्ने बताएको छ ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना ढिलामा २०६७ साल असार मसान्तसम्म आयोजना निर्माण सम्पन्न हुने बताएका छन ।

तर मेलम्ची आयोजनाले भने उक्त काम सम्पन्न गर्न अझै ३ बर्ष लाग्ने स्पष्ट पारी सकेको छ । आयोजना निर्माणको काम अन्तिम चरणमा रहेको बेला सिएमसी भागे पछि उक्त आयोजना सम्पन्न गर्न सरकारले अझै कुनै निर्णय दिन नसकिरहेको बेला राष्ट्रपति भण्डारीले भने एक बर्ष भित्रै उक्त आयोजना सम्पन्न गर्ने बताएकी हुन ।

आयोजनाको बाँकी काम र त्यसको लागतबारे हाल अध्ययन भइरहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार इटालिएन कम्पनी सिएमसीले छोडेर गए पछि अलपत्र बनेको सो आयोजना ठेक्का मार्फतनै अगाडी बढाउने भएको छ ।

तर, सरकारले निर्णणय दिन नसक्दा सो आयोजना अन्यौलमै रहेको छ । आयोजनाले भने उक्त आयोजना अगाडी बढाउन २ ओटा विकल्पलाई रोजेको छ । तर आयोजनाले रोजेको विकल्पमाथी भने अझै टुङ्गो नलागेको अवस्था रहेका बेला राष्ट्रपति भण्डारीले भने एक बर्ष भित्रै सम्पन्न गर्ने बताएकी छिन ।

यसैगरी नीति तथा कार्यक्रममार्फत जलमार्ग तथा समुन्द्रमा नेपालको झण्डा भएको पानी जहाज संचालन गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL