Logo

आगामी बर्ष पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु : राष्ट्रपति भण्डारी

आगामी बर्ष पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु : राष्ट्रपति भण्डारी



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी छन ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी बर्ष पूर्व पश्चिम रेलमार्गको निर्माण गर्ने बताएकी छिन । त्यस्तै उनले रानी जमरा कुलरिया सिँचाई आयोजनालाई पहिलो चरणको काम सम्पन्न गरी संचालनमा ल्याउने, ४ सय ५६ मेगावाटको माथील्लो तामाकोशी जलविद्युत आयोजना केन्द्रीय प्रशारणलाईनमा जोडीने कार्यक्रम रहेको जानकारी दिएकी छिन ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले निर्माण गरीरहेको तर सम्पन्न नभएका ठूला आयोजनाहरुमा श्रोत साधन परिचालन गरी तोकिएकै समयमा सम्पनन्न गर्ने बताएकी छिन ।

लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल २०१९ भित्रै संचालनमा ल्याउने गरी काम भईरहेको बताएकी छिन भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम समेत तिब्र बनाएको जानकारी दिएकी छन ।

नेपाल पर्यटकको लागि आकर्षक गन्तब्य बन्दै गएको र नेपालमा पर्यटक आगमन ३३ प्रतिशतले बृद्धि भएको जानकारी दिएकी छिन । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न समेत सबैलाई सहयोग गर्न निर्देशन दिएकी छिन ।

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने बताएकी छिन ।

पानीजहाज ल्याउनका लागि कानुनी र पूर्वाधार तयार गर्ने काम भइरहेको उनको भनाइ छ । काठमाडौंलाई चीन र भारत दुवै देशबाट रेलमार्गबाट जोड्ने उनले जानकारी दिएकी छिन भने आगामी ४ बर्ष भित्रै बिभिन्न खण्डका रेलमार्ग समेत निर्माण गर्न सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL