Logo

माग पुरा भएपछि प्राधिकरणका आन्दोलित ईन्जिनियर काममा फर्किए, राजिनामा फिर्ता

माग पुरा भएपछि प्राधिकरणका आन्दोलित ईन्जिनियर काममा फर्किए, राजिनामा फिर्ता



काठमाडौं । नेपाल पुनर्निर्माण प्राधिकरणका आन्दोलित ईन्जिनियरहरुले आफ्नो आन्दोलन फिर्ता गर्दै काममा फर्किएका छन । नेपाल इन्जिनियर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुले आफ्ना मागहरु पुरा भईसकेको भन्दै आफ्नो आन्दोलन फिर्ता गर्दै आफुले दिएको सामुहिक राजिनामा पनि फिर्ता गरेका हुन ।

laxmi

प्राविधिकहरुले आफ्ना मागहरुको उचित सम्बोधन भईसकेकाले तत्काल काममा फर्कने प्रतिवद्धता समेत दिएका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिएका छन ।

काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने प्राधिकरणले जानकारी दिएको छ । ’प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ(’ निर्णयमा उल्लेख गरिएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताएका छन ।

गत शुक्रबार आफ्ना मागहरु सरकारले सम्बोधन नगरेको भन्दै करिव ४ हजार प्राविधिकहरुले सामुहिक राजिनामा दिएका थिए । त्यसकै भोलीपल्ट पुनर्निर्माण प्राधिकरणले नै काममा नफर्की उचित कारवाही गर्ने भन्दै पत्र काटेको थियो ।

ईन्जिनियरहरुले आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL