Logo

नम्कली भुकम्प पीडितबाट प्राधिकरणले फिर्ता गर्यो साढे २१ करोड, नक्कली भुकम्प पीडित खोज्दै स्थानीय तह

नम्कली भुकम्प पीडितबाट प्राधिकरणले फिर्ता गर्यो साढे २१ करोड, नक्कली भुकम्प पीडित खोज्दै स्थानीय तह



काठमाडौं । भुकम्प पीडित बनेर पहिलो किस्ताको रकम लिएर घर नबनाउने नम्कली भुकम्प पीडितबाट पुनर्निर्माणा प्राधिकरणले ठूलो रकम असुल गरेको छ ।

laxmi

केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (अनुदान ब्यवस्थापन तथा पूर्वधार) का प्रमुख गणेशराज ओस्तीका अनुसार हालसम्म नक्कली भुकम्प पीडितबाट २१ करोड ४४ लाख ४ हजार रुपैयाँ रकम फिर्ता गरिसकेको छ ।

जस मध्ये दोहोरो भुक्तानी लिएका २० करोड ९ लाख ५४ हजार रुपैयाँ, पहिलो किस्ता लिएर घर नबनाउनेबाट ७१ लाख ५० हजार रुपैयाँ फिर्ता गरिएको हो । साथै लामो समयसम्म केवाईसी फर्म नभरी बैंकमा नै जम्मा भएको रकम ६३ लाख रुपैयाँ गरी २१ करोड ४४ लाख ४ हजार रुपैयाँ रकम असुल गरिएको ओस्तीले जानकारी दिएका छन ।

हाल नक्कली भुकम्प पीडित बनेर पैसा लिने लाभग्राहीको संख्या अझै धेरै भएको र उनीहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । उनीहरुको स्थानीय तहको सहायतामा खोजी कार्य जारी रहेको समेत प्राधिकरणले बताएको छ ।

यसरी भुकम्प पीडितको रकम फिर्ता भए पनि बाँकी घर बनाउँदै गरेका नीजिआवास पुनर्निर्माण सम्पन्न हुन अझै एक बर्ष लाग्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको समयावधि सकिन अब करिब डेढ बर्ष मात्रै बाँकी रहेको छ । तर हाल सम्म भुक्म्पबाट ध्वस्त भएका घरहरु मध्ये ३ लाख ८२ हजार ४३ घरधुरी मात्रै निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार ८ लाख २४ हजार ४ सय ५२ घरधुरी लाभग्राही सुचीमा परेका थिए । तथ्याङ्क अनुसार अझै ६ लाख १२ हजार १ सय ५२ घर भने निर्माणकै चरणमा रहेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार हाल सम्म ४ लाख ३ हजार २ सय ८० जनाले मात्रै तेस्रो किस्ता बापतको रकम बुझेका छन भने ५ लाख ६४ हजार ३ सय ४२ जनाले दोस्रो किस्ताको रकम बुझेका छन ।

प्राधिकरणले ७ लाख ६० हजार २ सय ७९ घरधुरीसँग अनुदान सम्झौता गरेको थियो । जसमा ७ लाख ५५ हजार ८ सय ६८ जनाले पहिलो किस्ताको रकम बुझेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL