Logo

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको काम सम्पन्न, तोकिएको समयभन्दा अगावै संचालमा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको काम सम्पन्न, तोकिएको समयभन्दा अगावै संचालमा



काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ । उक्त विमानस्थलको धानवनमार्गको काम तोकिएको समयसिमा भन्दा अगावै सकिएको छ ।

उक्त विमानस्थलको काम तोकिएको समयभन्दा तीन महिना अघि नै सम्पन्न भएको हो । ‘हाम्रो राष्ट्रिय गौरवका आयोजना मध्ये सम्भवत यो नै पहिलो विमानस्थल हुने छ जुन तोकिएको समय भन्दा करिब ६ महिना अगाडीनै सम्पन्न गर्दै छौं,’ राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिप अधिकारीले भने ।

सय मिटर लम्बाइ र ४५ मिटर चौडाई रहेको धावनमार्गमा २६ सेन्टिमिटर मोटाइको कंक्रिट ढलान गरिएको छ । उक्त धावनमार्गमा एटिआर ७२, एयरबस ३२० लगायतका जहाज सहजै उडान अवतरण गर्न सकिने छ ।

धावनमार्गसँगै जहाज पार्किङ एप्रोनको काम पनि सकिसकेको छ । पार्किङ एप्रोनमा तीनवटा एटिआर ७२ र तीनवटा एयरबस ३२० जहाज पार्किङ गर्न सकिने । धावनमार्ग निर्माण सम्पन्न भएसँगै उक्त विमानस्थल आकस्मिक रुपमा प्रयोग गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL