Logo

लालबन्दी–निजगढ रेलवे ट्रयाकबेल्टको टेण्डर गर्न बाटो खुला, एक हप्ता भित्रै टेण्डर खुलाउने विभागको तयारी

लालबन्दी–निजगढ रेलवे ट्रयाकबेल्टको टेण्डर गर्न बाटो खुला, एक हप्ता भित्रै टेण्डर खुलाउने विभागको तयारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्ट बोल कबोल (टेण्डर) को लागि बाटो खुला भएको छ ।

laxmi

रेल विभागले यही फागुन १०–१५ गते भित्रै टेण्डर आह्वान गर्ने तयारी गरे गरेको थियो तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको मुआब्ज लगायतका काम सम्पन्न गरेर मात्रै टेण्डर गर्न निर्देशन दिए पछि सो टेण्डर स्थगित भएको थियो ।

चैत ७ गते रौतहट जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनाका आधारमा उक्त ट्रयाकबेल्टमा बस्ती परे पछि सो जग्गालाई हटाई पुन शुक्रबार अर्को सुचना जारी गर्ने भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार उक्त ट्रयाकबेल्टमा कुन कुन जग्गा पर्यो भनि निकालेको सुचनामा बस्ती परे पछि त्यसलाई हटाएको भनि सुचना जारी गर्न लागेको हो ।

विभागका अनुसार लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर ट्रयाकबेल्टको लागि टेण्डर हुनेछ । उक्त क्षेत्रको ट्रयाकबेल्ट निर्माणको लागि भने करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको विभागले यस अघिनै जानकारी दिइसकेको छ ।

रेल विभागको नक्सांकनमा नभए पनि रौतहटका नापीका अनुसार सो जग्गा परे पछि पुन सुचना जारी गर्नु परेको प्रजिअ थापाले जानकारी दिएका छन । शुक्रबार सुचना जारी भएसँगै विभागलाई सो क्षेत्रको रेलवे ट्रयाकबेल्टको लागि टेण्डर खुलाउन बाटो खुला भएको थापाले जानकारी दिएका छन ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार अब बन तथा चितवन राष्ट्रिय निकुञ्ज लगायतका केही काम मात्रै बाँकी रहेकाले सो काम सम्पन्न गरी चैत भित्रै टेण्डर आह्वान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL